२०८२ चैत्र १ गते आइतवार

कोरोनाबाट दाङका एकसहित ४ जनाको भेरी अस्पतालमा मृत्यु

दाङ, असोज २२ । दाङका एकसहित थप चार जना कोरोना संक्रमितको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाचरका क्रममा मृत्यु भएको छ।
दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ की ३७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा असोज १३ गते पिसिआर परिक्षण गर्दा उनलाई उनलाई संक्रमन पुष्टि भएको थियो ।


त्यसपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन । उपचारका क्रममा स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे उनको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।


त्यस्तै बर्दियाका अन्य थप तीन जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ बर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको छ।

असोज ४ गते पिसिआर परिक्षणका क्रममा उनलाई कोरोना पुष्टि भएको थियो। उनी असोज ५ गते अस्पतालमा आएर भर्ना भएका थिए।


त्यस्तै राजापुर नगरपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असोज ८ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि असोज १० गते उनी भेरीमा भर्ना भएकी थिइन ।

उनको बिहीबार बेलुकी ७ ः ३० बजे मृत्यु भएको बाँके फोकल पर्सन ओलीले जानकारी दिए ।


त्यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ११ की ४२ वर्षीया महिलाको पनि मृत्यु भएको छ। असोज १९ गते पिसिआर परिक्षणका क्रममा उनलाई भेरी अस्पतालमा कोरोना पुष्टि भएको थियो ।


उनको बिहीबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।


यो सँगै हालसम्म कोरोना संक्रमणबाट बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाका ४ सय २३ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *