२०८२ चैत्र २ गते सोमवार

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतामा सारिदै बेलझुण्डी कोरोना बिशेष अस्पताल

स्विर ः दोर्ण वलि ।

तुलसीपुर, असोज २१ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डी स्थान्तरण गर्न लागिएको छ ।

शुक्रबार बिहान नौं बजेपछि कोरोना बिशेष अस्पताल स्थान्तरणको क्रम सुरु गरिने कोरोना अस्पतालका ब्यबस्थापक द्रोणबहादुर ओलीले जानकारी दिए ।

बेलझुण्डीबाट प्रादेशिक अस्पतालमा हाल ६० बेड सञ्चालनमा थिए । २० बेड आइसियु , १५ बेड पिआइसियु, १५ बेड एनआइसियु र १० बेड एचडियु गरि ६० बेड स्थान्तरणको सम्पूर्ण तयारी पुरा भइसकेको ओलीले बताए ।

राप्ती प्रादेशिक अस्पतालमा आवश्यक सबै ६० बेड तयार पारी सकेका उनले जानकारी दिए ।

कोरोना बिशेष अस्पतालमा हाल चार जना मात्रै कोरोना संक्रमित रहेका छन् । उनीहरुको अवस्था सामान्ने रहेको हुँदा चिकित्सकको परामर्षमै होम आइसोलेसनमा बसी रहेको ओलीले जानकारी दिए ।

पहिलो कोरोना महामारीको क्रममा लुम्बिनी प्रदेश सरकारले २०७६ साल चैत १० गते बेलझुण्डीस्थित आर्युेबेदिक कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो ।
जसले गर्दा बेलझुण्डीमा हुँदै आएको आर्युेबेदिक डाक्टर ९बाम्स० को पढाई प्रभाबित बन्न पुगेको थियो । पढाई प्रभावित भएको भन्दै बिद्यार्थीले पटक÷ पटक बिरोध तथा पर्दशन गर्दै आएका थिए ।

असोज ६ गते मात्रै कोरोना बिशेष अस्पताल ब्यबस्थापन समितिको बैठकले अस्पताल सार्ने निर्णय गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले असोज १७ गते अस्पताल स्थान्तरण गर्न अनुमति प्रदान गरेको थियो । कोरोना संक्रमनको दरपनि घटेपछि कोरोना अस्पताल प्रादेशिक अस्पतालमा स्थान्तरण गर्न लागिएको हो ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *