२०८३ असोज २६ गते सोमवार

राजश्व सम्वन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न

विमल योगी, दाङ,२० असोज । घोराही उप महागरपालिकाको राजश्व व्यवस्थापन शाखाको आयोजनामा सञ्चालित आज सम्पन्न भएको छ ।

वडा तथा नगरमा राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउने उदेश्यले आयोजना गरिएको तालिम दुई दिन सम्म चलेको थियो ।

तालिम समापनका अवसरमा घोराही उप९महानगपालिकाका उप मेयर सिता सिग्देल न्यौपानेले नगरको विकासका लागि राजश्व संकलन कार्य निकै महत्वपूर्ण रहेको भन्दै जनताको मन जितेर राजश्व संकलन गर्न कर्मचारीलाई निर्देशन दिइन ।

जनप्रतिनिधि आएपछि कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाई आर्थिक रुपमा नगरलाई सशक्त बनाउने तर्फ लागिएको उनको भनाई छ । अहिले पनि सम्पत्ती कर र व्यावसाय कर सोचे अनुरुप नउठेको भन्दै नगरवासीको मन जितेर नियमानुशार कर उठाउन अनुरोध गरिन ।

सो अवसरमा उप महानगरपालिकाका लेखा अधिकृत लोकमणी शर्माले वडा तथा नगरमा संकलन हुने राजश्व समयमा नै बैंक दाखिला गर्न निर्देशन दिए ।

दुई दिन सम्म चलेको तालिममा राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण केसी, प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य लगायतले पनि सहजीकरण गर्नुरेका थिए ।

तालिममा आ.व.२०७८÷०७९ को लागि उप महानगरपालिकाले तय गरेका करका दायराहरु,वडा तथा नगरमा राजश्व संकलनका क्रममा आईपरेका समस्याको समाधान,राजश्व संकलन तथा बैंक दाखिला,आन्तरिक तथा बाह्य लेखापरिक्षण तथा प्रशासनिक कार्यका बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा १९ वटै वडाका वडा सचिव र राजश्व संकलनमा संलग्न सहायक कर्मचारी गरी ४० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *