२०८३ मङ्सिर ९ गते मङ्गलवार

भाजपाकाे निमन्त्रणमा कांग्रेस प्रतिनिधिमण्डल भाेलि भारत जाँदै

काठमाण्डौ,असोज २० । नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोलि बिहीवार भारत भ्रमणमा जाने भएको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसको एक टोली भारत जान लागेको हो ।

यसअघि भाजपाका वैदेशिक मामिला विभागका प्रमुख चौथाइवालेले भदौको पहिलो हप्ता कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए ।

त्यस क्रममा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *