२०८३ भाद्र ११ गते बिहिवार

एमालेमा अब १५ जना पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष पद थपियो

काठमाडौं,असोज १७ । नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ ।

ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिए ।

एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो ।

यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । दस्तावेजहरूमाथि उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि महाधिवेशन आजै सकिनेछ ।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसैगरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ ।

गएको शुक्रवार अध्यक्ष ओलीले उद्घाटन गरेको विधान महाधिवेशनमा देशभरका ६ हजार तीन सय ४७ जना प्रतिनिधि सहभागी रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *