२०८२ चैत्र २ गते सोमवार

सिडियोले किन दिए, तुलसीपुर खानेपानीमा कर्मचारीलाई तलब खुवाउने अख्तियारी

तुलसीपुर खानेपानी भित्रको राजनीति चरम उत्कर्षमा

तुलसीपुर, असोज १७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कर्मचारीलाई तलब खुवाउन स्थानीय प्रशासनले अख्तियारी दिएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी रामबमहादुर कुरुम्बाङले असोज १३ गते संस्थाका कोषाध्यक्ष सिताराम शर्मा आचार्य र लेखा प्रमुख ताण्डबप्रशाद भण्डारीलाई उक्त अख्तियारी दिएका हुन ।


प्रजिअ कुरुम्बाङले दैनिक उठ्ने पानीको महशुलबाट मात्रै तलब खुवाउन र अन्य हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरेका छन् ।

स्थानीय प्रशासनले दशैंको समयमा कर्मचराीलाई तलब खुवाउनका लागि दिएको अख्तियारीले संस्था सञ्चालन गर्न सहज भएको हुँदा त्यसलाई निकै सकारात्मक मान्नु पर्ने कोषाध्यक्ष आचार्यले तर्क गरे ।


‘ हाम्रा कर्मचारीले भदौदेखि तलब खान पाएका छैनन्,’ शर्माले भने ‘ यो बीचमा झनैं दशैं आयो । चाड पर्वमा तलव नदिए कर्मचारीको मनोबल के हुन्छ रु सिडियो सापको कर्मचारीको पिरमर्का बुझेर उचित र स्वागत योग्य निर्णय गर्नु भएको छ ।’


तर, पदबाट राजिनामा दिएको घोषणा गरेका संस्थाका अध्यक्ष खेमराज ओलीले भने खाने पानी भित्रका आठ हजार उपभोक्तालाई मात्रै खानेपानी बारे निर्णय गर्ने अधिकार भएको जिकिर गरे ।
उनले स्थानीय प्रशासनले तलब खुवाउन भनेर पत्रचार गर्नुलाई न्यायोचित मान्न नसकिने बताए । खाने पानी आँफैमा स्वायत्त संस्था भएको हुँदा त्यस भित्रको सम्पूर्ण निर्णय गर्ने अधिकार आम उपभोक्तालाई मात्रै हुने अध्यक्ष ओलीले तर्क गरे ।


प्रजिअ कु्रुम्वाङले असोज १३ गते अख्तियारी दनिु पूर्व सोही दिन नै संस्थाका सञ्चालक समितिका सचिव मनोज लामिछाने, कोषाध्यक्ष सिताराम शर्मा आचार्य, सहलेखापाल ताण्डबप्रशाद भण्डारी र प्रशासन प्रमुख सुशील श्रेष्ठले संयुक्त रुपमा स्थानीय प्रशासनलाई पत्रचार गरेका थिए ।


त्यसमा संस्थाबाट नियमित पानी सञ्चालनमा नगरी नहुने अत्याबश्यक कार्य र कर्मचारीलाई तबल खुवाउनका लागि अख्तियारी प्रदान गर्न माग गरिएको थियो । त्यसैलाई आधार मानेर असोज १३ गते नै इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले प्रजिअ कुरुम्वाङलाई उक्त पत्र बोथार्थ पठाएका थिए ।

लगतै प्रजिअ कुरुम्वाङले लिखित रुपमा तुलसीपुर खाने पानीका कर्मचारीलाई तलव खुवाउन अख्तियारी प्रदान गरेका थिए । यो भन्दा पहिले संस्थाका अध्यक्ष अध्यक्ष खेमराज ओलीले भदौ ६ गते पदबाट राजजिनामा दिएको घोषणा गरेका थिए ।

अध्यक्ष ओलीले पत्रकार सम्मेलन मार्फत आफ्नो राजिनामा घोषणा गर्नुका साथै सम्पूर्ण कार्यसमिति नै भंग भएको दाबी गरेका थिए ।
यद्यपी उनको राजिनामा स्वीकृत भएको छैन ।


राजिनामा दिने क्रममा अध्यक्ष ओलीले कार्यकालपनि समाप्त भइसकेको हुँदा नैतिकताको आधारले आँफूले राजिनामा दिएको तथा कार्यसमिति नै भंग गरेको तर्क प्रस्तुत गरेका थिए । संस्थामा बिगत १२ बर्षभन्दा बढी समयदेखि लगातार नेतृत्वमा गर्दै आएका अध्यक्ष ओली संस्था भित्र सहयोगी वातावरण नरहेको, काम गर्ने वातावरण नरहेको कुरापनि उल्लेख गरेका थिए ।

यद्यपी हप्ता दिन नबित्दै अध्यक्ष बाहेक संस्थाका सबै पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि कार्यसमिति जीबितै रहेको दाबी गरेका थिए । उनीहरुले आँफूहरु उपभोक्ताको मतदानबाट निर्वाचित भएको हुँदा अर्कौ अधिबेशनले नयाँ नेतृत्व नचुन्दासम्म पदाबधि नसकिने दलिल पेश गरेका छन् ।


खानेपानी भित्रका पदाधिकारीको राजनीतिक आश्था बिश्लेशन गर्दा राजिनामा दिएका अध्यक्ष ओली बिप्लब नेतृत्वका नेकपा संग आवद्ध छन् ।

उपाध्यक्ष गिरधारी पौडेल नेपाली काँग्रेस, सचिव मनोज लामिछाने नेकपा एमाले, कोषाध्यक्ष सीताराम शर्मा आचार्य एकीकृत नेकपा माओबादी निकट हुन ।

अध्यक्ष ओलीको पक्षमा यो बीचमा बिप्लब नेतृत्वको नेकपाले बिज्ञप्ति प्रकासित गर्दै अन्य दलहरुका क्रियाकलापमहरुको बिरोध समेत जनाएको थियो । त्यसअघि तुलसीपुर खानेपानीकै पूर्व कर्मचारी यमुना शाह कँडेलले संस्था भित्र चरम अनियमिता भएको, प्रक्रिया नै पुरा नगरी अधिबेशन गर्न थालेको भन्दै उच्च अदालत तुलसीपुर र अख्तियारमा समेत उजुरी दिएकी थिइन ।


उक्त रिटका आधारमा उच्च अदालत तुलसीपुरले खाने पानीको निर्वाचत तत्काल नगर्न नगराउन भनि आदेश दिएको थियो । मुद्दा अझैंपनि अदालतमा बिचाराधिन छ । यो बीचमा अख्तियारले खानेपानीका कागजात लगेर गएको छ ।


जसले गर्दा गत चैत २२ गते संस्थाले घोषणा गरेको खाने पानीको निर्वाचन समेत प्रभावित बन्न पुगेको थियो । जबकि कार्यसमितिको कार्यकाल सकिएको करिब १८ महिना विति सकेको छ । यसअघि कोरोना भाइरसको कारण देखाउँदै अधिबेशन सार्दै आइएको थियो ।
याबत कारणहरुले गर्दा संस्थाका कर्मचारीलाई कस्ले र कसरी तलब खुवाउने भन्ने अन्यौंलता सृजना भएको अवस्था थियो । तर, यो बीचमा अदालतमा संस्था भित्र अनियमितताको कुरा उठाउँदै र प्रक्रिया नै पुरा नगरी अधिबेशन गराउन खोजेको भन्दै मुद्दा दायर गरेकी यमुना शाह कँडेलले दिएको रिट फिर्ता लिने अन्य पदाधिकारीले पत्रकार सम्मेलनमै बताएका थिए ।

त्यसपछि छिट्टै अधिबेशन गर्ने अध्यक्ष बाहेक अन्य सबै पदाधिकारीले पत्रकारसम्मेनमा जानकारी दिएका थिए । तर, अझै सम्म शाहले दिएको रिट अदालतबाटमा यथाबत नै छ । जसले गर्दा खानेपानी संस्था भित्रको बिबाद यथाबत नै छ ।

अध्यक्ष ओलीले नैतिकताका कारण राजिनामा दिएको घोषणा दिएको घोष्णा गरेपछि यो बीचमा तुलसीपुर उपमहानगरपालिकाका मेयण्र घनश्याम पाण्डेले सर्वदलिय बैठक समेत आह्वान गरेका थिए । त्यसले समेत निकाश निकाल्न नसकेपछि खानेपानी भित्रको राजनीति चरम उत्कर्षमा पुगेको देखिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *