२०८३ मङ्सिर ९ गते मङ्गलवार

६६ औँ प्रहरी दिवस ः तुलसीपुरमा तपाईको माक्स खोई ? अभियान

तुलसीपुर,असोज १७ । ६६ औँ प्रहरी दिवसको अवसरमा आईतबार तुलसीपुरमा तपाईको माक्स खोई ? अभियान सञ्चालन गरिएको छ ।

कोरोना संक्रमणको जोखिम केही मात्रामा कम भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई ? अभियान पुनः सञ्चालनमा ल्याएको हो ।

प्रहरी दिवसलाई लक्षित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा कार्याक्रम सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक मुकुन्द राज आचार्यले जानकारी दिए ।

रोगले कसैलाई चिन्दैन,सानो ठुलो भन्दैन भन्दै उनले सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनाको संक्रमणबाट बच्न अनिवार्य माक्स लगाउन आग्रह गरे ।

तपाईको माक्स खोई ? अभियानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक मुकुन्द राज आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रशाद चालिसे, उपाध्यक्ष ललित जंग शाही, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमिक्त कार्यालय प्रमुख प्रहरी निरिक्षक रन्जन स्वार, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण पुजारा, लगायत प्रहरी, ट्राफिक प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा तुलसीपुरको बिरेन्द्र चोकमा माक्स नलगाएका सर्वसाधारण नागरिकहरुलाई प्रहरी लगाएत विभिन्न संघ संस्थाका पदाघिकारीहरुले माक्स वितरण गरेका थिए ।

नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा प्रत्येक बर्ष बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।

तस्विर ः शरद रेग्मीको फेसबुकबाट ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *