अब दाङ क्षेत्र नं. २ मा अध्यक्ष मात्रै चयन गर्न बाँकी
तुलसीपुर, असोज १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तुलसीपुर उपमहानगरपालिकाको नगर अध्यक्षमा पर्बत बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
राप्रपाको बुधबार भएको अधिबेशनले बस्नेतलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । युवा ब्यबसायी बस्नेत युवा माझ निकै लोकप्रिय छन् ।
सरल स्वभावका धनि बस्नेतले राजनीति सेवा मुलक हुनुपर्ने र यसलाई नाफा मुलुक बनाउनु गलत भएको बताए ।
‘राजनीति देश र जनताको सेवाको लागि केन्द्रित हुनुपर्छ,’ बस्नेतले भने ‘ तर, पछिल्लो समय राजनीतिलाई ब्यापार ब्यबसाय बनाउन खोजिएपछि यो बिकृत बनेको छ ।’
बस्नेतका बुवा क्षेत्रबहादुर बस्नेत राप्रपा दाङको अध्यक्ष हुन । यो परिवार बिगतदेखि नै अनबरत रुपमा राप्रपामा आबद्ध रहँदै आएको छ ।
त्यस्तै अधिबेशनले दाङ निर्वाचन क्षेत्र नं ३ को अध्यक्षमा छोटीलाल थारुलाई सर्बसम्मत रुपमा चयन गरेको छ । प्रदेश सभा ३ ‘क’ को अध्यक्षमा लक्ष्मण केसी, प्रदेश ३ ‘ख’ श्रीमन न्यौंपाने सर्बसम्मत चयन भएका छन् ।
त्यस्तै दाङ निर्वाचन २ ९क० मा इश्वरीप्रशाद शर्मा र क्षेत्र नं. २ ९ख० को अध्यक्षमा चुर्णबहादुर वली सर्बसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं. २ को क्षेत्रीय अध्यक्षमा भने आकाँँक्षी धेरै भएको हुँदा कुरा मिलाउने प्रयास जारी रहेको उक्त पार्टीले जानकारी दिएको छ ।
त्यस्तै दाङ निर्वाचन क्षेत्र नं.१ को अध्यक्षमा लिला यादब चयन गरिएका छन् । निर्वाचन क्षेत्र नं. १ ९क०मा कमल नारायण चौधरी र १ ९ख० शेषमनि घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।
यही असोज १९ गते भित्रै राप्रपाले नगर, जिल्ला तथा क्षेत्रको अधिबेशन पुरा गरि सक्ने जानकारी दिएको छ ।
जिल्ला निर्वाचन समिति संयोजक अम्मर वली,केन्द्रीय कार्यसम्पादन सदस्य टोपबहादुर शाह, केन्द्रीय सदस्य तिलकबहादुर बस्नेत, मिना स्वर्णकार, हरि देवकोटा, दामोदर भण्डारी, जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, जिल्ला सहअध्यक्ष हंसराज केसी, उपाध्यक्ष भुपाल रावत, नेता बंशिकुमार शर्मा लगायतको उपस्थितिमा राप्रापा भित्र सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ ।
