२०८३ भाद्र १२ गते शुक्रवार

रुकुम पश्चिममा खुकुरी प्रहारबाट गम्भीर घाइते दूई जनालाई एउटै हेलिकोप्टरबाट सुर्खेत लगियो

दाङ,असोज १४ । रुकुम पश्चिममा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दूई जनालाई बिहीबार बिहान एउटै हेलिकोप्टरमा राखेर सुर्खेत उपचारका लागि लगिएको छ ।

बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहरामाथि एक समूहले पहिला आक्रमण गरि गम्भीर घाइते तुल्याएको थियो ।


त्यसपछि झन्डै तीन घन्टाको अन्तरालमा बुधबार बेलुका सात बजेतिर फेरि घाइतेका आफन्त तथा आक्रोसित समुहले सल्लेरी निवासी ६२ बर्षीय लक्षे कामीमाथि खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको थियो ।


खकुरी प्रहारबाट बोहोराको मुख, चिउडो, निधार र बाँया हप्केलामा गहिरो घाउ खत लागेको छ ।


त्यस्तै कामीको दुबै घुडा र बायाँ पाखुरामा गहिरो घाउ खत लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल जंग शाहीले जानकारी दिए ।

बोहोरोमाथि स्थानीय २४ बर्षीय गोपाल बिक, २१ बर्षीय बिष्णु कामी, २३ बर्षीय कृ्ष्ण बिक र १८ बर्षीय महेन्द्र बिक लगाएतले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कामीमाथि खदीका २३ बर्षीय नेत्र बोहोरा, २२ बर्षीय बिरे भण्डारी र २२ बर्षकै शान्ते भण्डारीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुबै पक्षका आरोपितहरु फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार बेलुका नै घाइतेहरुलाई थप उपचारका लागि बाहिरी जिल्ला लैजान भन्दै हेलिकोप्टर मागिएको थियो । तर, मौसमका कारण हेलिकोप्टर अबतरण हुन नसकेपछि उद्धार असंभव भएको प्रहरीले जानकारी दिएको छ ।


बिहीबार बिहान करिब पौने आठ बजेतिर हेलिकोप्टर आएपछि दुबै घाइतेलाई एउटै हेलिकोप्टरमा राखेर उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतकामा लगिएको प्रहरी निरिक्षक शाहीले बताए ।


खदीका तल्लो गाउँका बोहोरा र माथिल्लो गाउँका कामी माथि खुकुरी हानाहान भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *