२०८३ असोज २५ गते आइतवार

शिवालिक बचत सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न

तुलसीपुर, १३ असोज । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बुधवार तुलसीपुरमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सहकारी संयोजक टोप वहादुर केसीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गरेका थिए । शेयर सदस्य कुशल तर्तालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै संस्थामा उत्कृष्ट वचतकर्ता र ऋणीहरुका तर्फबाट कृष्णलाल चौधरी र सुषमा डाङ्गीलाई सम्मानित गरिएको थियो ।


संस्थाका उपाध्यक्ष देव वहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गरेका थिए । कार्यक्रममा धन्यावाद ज्ञापन सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *