२०८२ चैत्र १ गते आइतवार

फेरि स¥यो लुम्बिनी प्रदेश सभा बैठक

बुटवल,असोज १३ । लुम्बिनी प्रदेश सभा बैठक फेरि एक पटक सरेको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामूख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।

प्रदेश सभाको नवौं अधिवेशन सुरु भएयता कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन्।

एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नु पर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ। प्रदेश सभा बैठक अब असोज २० गते बुधबार दिउँसो १ बजे बस्ने छ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *