६२ वटा पालिकामा नेतृत्व चयन
काठमाडौं,असोज १३ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गाउँरनगर अधिवेशनमा कर्णालीका ७९ स्थानीय तहमा ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न हुँदा पौडेलपक्ष अग्रस्थानमा छ ।
दुई जिल्ला क्रियाशील विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ ।
पछिल्लो समयसम्मको निर्वाचनको नतिजा अनुसार ६२ पालिकामध्ये ३४ पालिकामा पौडेलपक्ष आएका छन् भने २७ पालिकामा देउवा पक्ष नेतृत्वमा आएका छन् । यद्यपि जाजरकोटको भेरी नगरपालिकाका सभापति शशि बुढा भने कतै पनि खुलेका छैनन् ।
सल्यानका १० स्थानीय तहमा दुवै पक्षको बराबरी नतिजा आएको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा पौडेल पक्षको वर्चस्व देखिएको छ । ११ स्थानीय तह रहेको दैलेख जिल्लाका ६ पालिकामा पौडेल पक्ष नेतृत्वमा आएको छ भने ५ स्थानीय तहमा देउवा पक्ष आएको छ ।
कर्णालीको अर्को जिल्ला कालीकोटमा सहमतिमै नेतृत्व चयन भएको छ । ९ स्थानीय तह रहेको कालिकोटमा ७ मा पौडेलपक्ष सर्वसम्मत रुपमा नेतृत्वमा आएको छ भने २ स्थानीय तहमा देउवा पक्ष आएको छ ।
जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा भने दुवै समूहको बराबरी नेतृत्व आएको छ । जुम्ला जिल्लाका ८ वटा स्थानीय तहमा पनि पौडेल पक्ष अगाडी देखिएको छ । जसअन्र्तगत ६ वटा स्थानीय तहमा पौडेल र २ वटामा देउवा पक्ष नेतृत्व्मा आएका छन् ।
७ वटा स्थानीय तह रहेको हुम्लामा भने देउवा पक्ष हाबी देखिएको छ । ६ वटा स्थानीय देउवा पक्ष अगाडि आएको छ भने १ मा पौडेलपक्षले हात पारेको छ । मुगुका ४ स्थानीय तहमा देउवापक्ष हाबी देखिन्छ जसमध्ये ३ वटामा पौडेल पक्ष र १ मा देउवा पक्ष नेतृत्वमा आएको छ ।