२०८३ मङ्सिर ९ गते मङ्गलवार

कपिलबस्तुमा बस र माइक्रो ठोक्किदा १५ जना घाइते

बुटवल,असोज १२ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा मंगलबार विहानै भएको दुर्घटनामा १५ जना घाइते भएका छन्।
वडा नं ४ नम्वर शान्तिटोलमा बिहान करिब ५ बजेतिर भएको दुर्घटनामा १ ५ जना घाइते भएका प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै रहेको सिएण्डसि अस्पतालले घाइते १२ जनाको उपचार गरी ८ जनालाई डिस्चार्ज गरेको छ भने गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि बुटवल र भैरहवा पठाएको छ।

अस्पतालका ब्यवस्थापक कृष्ण पोखरेलले गम्भिर प्रकृतिका (अंगभंग भएका, टाउको, आँखामा चोट लागेका ) ४ जनालाई थप उपचारको लागि रिफर गरिएको जानकारी दिए ।

सि एण्ड सि मा उपचार भएका सबै रुकुम र सल्यानका रहेका छन्। घाइते सबै १८ वर्षदेखि ३५ वर्षसम्मका रहेको पनि उनले जानकारी दिए ।

कपिलवस्तु सामुदायिक अस्पतालमा ३ जनाको उपचार भएको छ । बसले ओभर ट्याक गर्न खोज्दा भएको दुर्घटनामा विङगरमा पुरै क्षति पुगेको प्रहरीले जनाएको छ ।

लकडाउन खुलेर सहज जनजीवन भएसंगै बाणगंगामा सवारी दुर्घटनाको क्रम पनि बढेको छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *