२०८२ चैत्र ३ गते मङ्गलवार

एमाले बैठकस्थल छाडेर हिँडे भीम रावल

काठमाडौं,असोज १० । नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्।

उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।

रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्।

भीम रावलसहित सुदूरपश्चिमका तीन नेताको गुनासो स् ओलीले अल्मल्याउने, घुमाउने अनि ठोकठाक गर्ने नीति लिए

असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।

रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्।

तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन्।

यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए।

ओलीले १० बुँदेका नाममा आफूहरुलाई अल्मल्याउने, झुक्याउने र भित्र हालेपछि ठोकठाक गर्ने नीति लिएको भन्दै उनीहरुले बैठकमै आक्रोश पोखेका थिए।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *