१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा जबरालाई सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् । कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
जबराको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार