२०८३ असार २७ गते शनिवार

चीनमा एमबीबीएस गरेकालाई इन्टर्नसीपको व्यवस्था मिलाउन आग्रह

काठमाण्डौ,असोज १० । संसदीय समितिले सन् २०१५ र सन् २०१६ मा चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुलाई इन्टर्नसीपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो । समितिले सकेसम्म कुटनीतिक पहल गरेर जहाँ पढेको त्यहीबाट वा नेपालमै कानुनबमोजिम इन्टर्नसीपको व्यवस्था गर्न आग्रह गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले सन् २०१५ र २०१६ मा एमबीबीएस गरेका विद्यार्थीहरुको समस्या हल गर्न आग्रह गरिन् । अहिले पनि चीनले इन्टर्नसीप गरेका विद्यार्थीहरुलाई बोलाएको छैन । जसकारण एक सय बढी विद्यार्थीहरु मारमा परेका छन् ।

समिति सदस्य विद्या भट्टराईले इन्टर्नसीपबाट बिमुख गराउन नहुने बताइन् । विद्यार्थीहरुको समस्या सम्बोधनका लागि अन्तर मन्त्रालयबीच समन्वय हुनुपर्ने बताइन् । समिति सदस्य नारायण मरासिनिले इन्टर्नसीप सन्दर्भमा राज्यले अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विद्यार्थीको समस्या सम्बोधनका लागि चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्माको अध्यक्षतामा समिति गठन भएको थियो । यसअघि सन २०१४ मा चीनमा एमबीबीएस गरेकाले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका हुन् ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *