२०८२ फाल्गुन २१ गते बिहिवार

काँग्रेस महाधिबेशन ः दाङका १० पालिका मध्ये कहाँ कस्ले जिते ?

तुलसीपुर, असोज १० । शनिबार भएको निर्वाचनबाट तुलसीपुर उपमहानगरपालिकामा ४१ बर्षीय सुरेश हमाल र घोराही उपमहागनरपालिकामा ३१ बर्षीय तिलक रावत निर्वाचित भएका छन् ।

हमाल पार्टी भित्र देउवा इतर प्यालनका हुन भने रावत देउवा पक्षधर हुन ।


त्यस्तै लमही नगरपालिकामा ३० बर्षीय सञ्तोष बुढाथोकीले हजुर बुवा उमेरका ७९ बर्षीय शिबु चौधरीलाई पराजित गर्दै नगर सभापतिमा निर्वाचित भएका छन् । नगर सभापतिमा बुढाथोकी देउवा निकट हुन ।


दंगीशरण गाउँपालिकामा देउवा इतर प्यानलका शम्भु गिरी निर्वाचित भएका छन् । बबई गाउँपालिकामा पनि निर्वाचनबाट देउवा इतर प्यानलका प्रकाश बस्नेत बिजयी भएका छन् ।

निर्वाचनबाटै राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी बिजयी भएका छन । भण्डारी देउवा प्यानलका हुन । त्यस्तै गढवा गाउँपालिकामा मतदानबाट किरण पौडेल बिजयी भएका छन् । उनी देउवापनि प्यानकै मानिन्छन् ।

तीन पालिकामा सर्वसम्मति
दाङका दश मध्य तीन पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।


राप्ती गाउँपालिकामा वडा नं. ७ का वडाध्यक्ष बिद्याशरण चौधरीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनी देउवा इतर प्यानलका हुन ।
त्यस्तै बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यहाँ जागेश्वर अधिकारीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिकारी देउवा प्यालनका हुन ।


त्यस्तै शान्तिनगर गाउँपालिकामा पनि झलक केसीको नेतृत्वमा सर्वसम्मत चयन गरिएको छ । केसी पार्टी भित्र देउवा इतर प्यानलका हुन ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *