२०८१ बैशाख ७ गते शुक्रवार

माघीमा प्रदेश सरकारको २ दिन विदा

बुटवल, पुष १७ ।
प्रदेश ५ सरकारले माघीको अवसरमा २ दिन विदा दिने निर्णय गरेको छ । मंगलवगार बसेको मन्त्री परिषद्को बैठकले थारु समुदायको महान् पर्व माघीको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीका निजी सचिव सरोज रेग्मीले प्रदेश ५ मा थारु र मगर समुदायको बाहुल्यता रहेकाले उक्त समुदायको मागलाई मध्यनजर गर्दैै २ दिन विदा दिने निर्णय गरेको बैठक पछि पत्रकारलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *