२०८२ चैत्र २ गते सोमवार

अरिङ्गालले टोक्दा एकको मृत्यु

दैलेख,असोज ९ । दैलेखमा अरिङ्गालकोे टोकाइबाट एक पुरुषको मृत्यु भएको छ। दैलेखको विकट गाउँ तोलिजैसीमा अरिङ्गालकोे टोकाईबाट शनिवार एक जनाको मुत्यु भएको हो।

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अनुपम श्रेष्ठले बताए।

शुक्रवार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइसीयुमा राखी उपचार थालिएको हो। उनको शनिवार आइसीयुमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ (क्रान्तिकारी)’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य थिए।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *