२०८२ माघ ४ गते आइतवार

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

काठमाण्डौ,असोज ९ । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ परेका छन् ।

चितवनबाट काठमाण्डौका लागि छुटेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा यात्रा गरेका यात्रुको झोला जाँच गर्दा भारतको महाराष्ट्रका सागर मालीको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बोकेको पैसोको स्रोत नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *