२०८२ माघ ४ गते आइतवार

दाङका दुई पत्रकार सम्मानित

दाङ,असोज ७ । प्रेस काउन्सील नेपालको ५२ औं स्थापना दिवसको अवसरमा दाङका दुई पत्रकार सम्मानित भएका छन् ।

प्रेस काउन्सील नेपालले आफ्नो स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीलाई यस बर्षको सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ ।


काउन्सीलको स्थापना दिवसको अवसरमा बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरेकी थिईन । यसैगरी नागरिक दैनिकका दाङ सम्वादंदाता देवेन्द्र बस्नेतले युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

राप्ती साहित्य परिषद्ले प्रकाशन गर्दै आएको अन्तरध्वनीले साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरेको छ । पत्रिकाका सम्पादक पुरुषोत्तम खनालले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

यसैगरी गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रिबिनोद खनाललाई प्रदान गरिएको छ । महिला, युवा, भाषागत लगाएतका अन्य पुरस्कारहरु पनि विभिन्न पत्रकारहरुलाई प्रदान गरिएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलकोे भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बिचार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *