२०८२ माघ ४ गते आइतवार

लागु औषध मुद्दामा ३ बर्ष ९ महिना कैद तोकिएका तुलसीपुरका पुरी पक्राउ

तुलसीपुर, असोज ४ । तुलसीपुरका राजन भनिने सुनिल पुरी पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४१ बर्षीय पुरीका बिरुद्ध अदालतले तीन बर्ष नौं महिना तीन दिन कैद सजाए तोकेको छ ।

सर्बोच्च अदालतले आगु औषध मुद्दामा दोषी ठहर गर्दै पुरी बिरुद्ध २०७४ साल मंसिर १९ गते उक्त कैद फैसला सुनाए पछि उनी फरार रहँदै आएका थिए ।

दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले असोज १ गते तुलसीपुर ५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका गिरीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशले तोकिएको सजाए भुक्तानीका लागि कारागार चलान गरिएको प्रबक्ता रिजालले बताए ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *