२०८१ बैशाख ८ गते शनिवार

बुटवलको ज्योतिनगरमा फेरि पहिरो गयो, दुई दर्जन घरमा क्षति

बुटवल,असोज ४ । बुटवलको ज्योतिनगरमा फेरि पहिरो गएको छ। पहिरोले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब दुई दर्जन घरमा क्षति पुगेको छ।

हिजो आईतबार रातीदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएकाे ईलाका प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आक्राेशित स्थानीयले आज साे क्षेत्रमा अवलाेकन गर्न पुगेका बुटवल उपमहानगरप्रमुख शिवराज सुवेदीमाथि हातपात पनि गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *