२०८२ चैत्र ३ गते मङ्गलवार

एमाले सांसदकाे नाराबाजी बीच विनियोजन विधेयक पारित

काठमाडौँ,असोज ४ । संसद्ले विनियोजन विधेयक २०७८ पारित भएको छ । एमाले सांसदको अवरोधका बीच सुरु भएको संसद् बैठकमा विनियोजन विधेयक २०७८ पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले ुविनियोजित विधेयक पारित गरियोस्ु भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिएका थिए । मन्त्री शर्माले प्रस्ताव पेस गरेपछि बहुमतले यो विधेयक पारित भएको हो ।

नाराबाजीकैबीच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अगाडि बढाएका थिए । प्रतिनिधि सभाबाट विनियोजन विधेयक आज नै राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ ।

प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलवारका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउनेछ । त्यसपछि अहिलेको बजेट होलिडेको अन्त्य हुनेछ ।

 

 

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *