२०८१ असोज २५ गते शुक्रवार

संबिधान दिवस ः अलमलमा बिते ६ वर्ष

यमकला भुसाल

तुलसीपुर,असोज ४ ।  संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आइएको छ ।

संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संबिधान दिवसको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले शुभकामना आदान–प्रदान तथा संघियता कार्यान्वयनमा स्थानीय तहको भुमिका विषय अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संविधान आएको ६ वर्ष बितिसक्दा पनि संबिधान कार्यान्वयनको गति सुस्त रहेको सहभागीले बताएका छन । संविधानमा शिक्षा, स्वास्थ्य, खाद्यन्न लगाएतका विषयमा स्पष्ट व्यवस्था गरेपनि पूर्णरुपमा कार्यान्वयनमा नआउँदा जनताले संविधानलाई अपनत्व गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कानुनी सल्लाहाकार,वरिष्ठ अधिबक्ता बामदेव शर्माले अहिलेको संविधान नेपालकै उष्कृट संबिधान रुपमा रहेपनि यसको प्रयोगकर्ताको शैली पुरानै अवस्थामा रहेको बताए । अहिलेको संबिधान आसा लाग्दो छ,उनले भने,तर कार्यान्वयनको अवस्था पुरानै सोचको छ,यसले गर्दा संबिधान अलमलमा छ ।

वरिष्ठ अधिबक्ता डिल्लीराज धितालले आफुले जन्माएको सविंधान संसोधन गर्नतर्फ लाग्नुपर्ने बताए । संधियताको नाममा थुप्रै बिकृतीहरु बढीरहेका छन,उनले भने,संविधानको चिन्ता कसैलाई छैन,आफुले जन्माएको संविधान छेद,विच्छेद भैरहेको छ,अब यसलाई संसोधन गर्नतर्फ लाग्नुस ।

वरिष्ठ अधिबक्ता प्रदिप धितालले संविधान सिस्टममा चल्न नसक्दा जनताले संविधानको अनुभुति गर्न नपाएको सज्ञां दिए ।

तुलसीपुर उपमहानगरपालिकाका सुसाशन समितिका अध्यक्ष श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख धनश्याम पाण्डेले हरेक नागरिकले अनुभुती गर्ने गरि उपमहानगरपालिकाले निति निमार्ण गरेको र त्यसै अनुरुप कार्यान्वयनलाई चुस्तदुरुस्त पारेको बताए ।

सो अवसरमा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, उच्च अदालत बार एकाई तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारी, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का,राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य शुक्रराज भण्डारी,जनता समाजवादी पार्टीका जिनव भण्डारी,माओवादी केन्द्रका प्रतिनिधि चित्र बहादुर खड्का,तुलसीपु उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपमहानगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आर्थिक विकास समितिका संयोजक माधव वलीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *