
तुलसीपुर,असोज ३ । दाङ जिल्ला फोटोग्राफर एशोसिएशन दाङको अध्यक्षमा बसन्त न्यौपाने चयन भएका छन ।
जिल्ला फोटोग्राफर एशोशियसनको १३ औँ साधारणसभा तथा अधिवेशन कार्यक्रममा न्यौपाने सर्बसहमत रुपमा अध्यक्ष पदमा चयन भएका हुन ।
न्यौपानेको नेतृत्वमा १७ कार्यसमिति सर्बसहमत चयन भएका छन । जसको उपाध्यक्षहरुमा मिनराज महरा, नारायण खनाल , नारायण बि.क., महासचिवमा दुर्गा प्रसाद चौधरी , सचिबमा हिमाल महरा, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने र सह–सचिवमा रमेश परियार चयन भएका छन ।
त्यस्तै सदस्यहरु रामु के.सी. किशन वलि, भावना महरा, चन्द्राकला चौधरी, युबराज अधिकारी, मनिराम चौधरी, श्रीधर आचार्य, झग्गु प्रसाद चौधरी, कृष्ण जि.एम चयन भएका हुन ।
यसैबिच फोटोग्राफर एशोसिएशन तुलसीपुर शाखाको अध्यक्षमा सुरेश भटराई सर्वसहमत रुपमा चयन भएका छन ।
शाखाको उपाध्यक्षमा मिसन सुनार, सचिवमा पहल बुढाथोकी , कोषाध्यक्षमा पहलसिह बुढामगर चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा बिसाल भुसाल र मिनराज वलि चयन भएका हुन ।
