२०८१ असोज २५ गते शुक्रवार

करेन्ट लागेर एक महिलाको मृत्यु

दंगीशरण,असोज ३ । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ७ बुटनिया निवासी २२ बर्षीया प्रमिला चौधरी रहेकी छिन ।

उनको आईतबार बिहान ७ बजे मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर घाईते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *