२०८३ भाद्र १० गते बुधवार

बाँकेमा मान्छे खाने बाघ समात्न राँगाको प्रयोग

दाङ, भदौ ३१ । बाँके राष्ट्रिय निकुञ्जमा मान्छे खाने बाघ नियन्त्रणमा लिनका लागि राँगो प्रयोग गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरमा अन्दाजी ५० बर्षीय एक भारतीय नागरिकलाई भदौ २७ गते बेलुका पाटे बाघले राजमार्ग क्षेत्रबाट झम्टिएर ज्यान लिएपछि त्यो बाघ नियन्त्रणको प्रयास जारी छ ।

निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार शाहले बुधबार बिहान क्यामेरामा बाघ कैद भएपछि सोही ठाउँमा लगेर बेलुका राँगो राखेपनि रातभर बाघ उक्त राँगो खान नआएको जानकारी दिए ।

मान्छे खाने बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राबिधिक टोली अस्थायी पोष्ट खडा गरि मंगलबारदेखि जंगलमै बस्दै आएको छ । निकुञ्जले दूईवटा घर पालुवा हात्ती गाघरमा ल्याएर उनैको सहयोगमा बाघको निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *