२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुरमा सुरेश हमालको पक्षमा माहोल निर्माण गर्न सम्पर्क कार्यालय स्थापना

शरद रेग्मी,तुलसीपुर, भदौ ३० । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा तुलसीपुर उपमहानगरपालिकाको नगर सभापति पदका उम्मेदवार सुरेश हमालको सम्पर्क कार्यालय स्थापना भएको छ ।

तुलसीपुर– ५ स्थित कृष्ण टोल रौनियार मेडिकलको पुर्बतर्फ एक कार्यक्रमका बिच नगर सभापति पदका उम्मेदवार सुरेश हमालको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

हमालको पक्षमा माहोल निर्माण गर्न सम्पर्क तुलसीपुर बजारका दूई ठाउँमा सम्पर्क कार्यालय स्थापना गरिएको फरककोणलाई स्रोतले बताएको छ । । त्यसका लागि मुख्य सम्पर्क कार्यालय प्रितम श्रेष्ठको घरमा र युवा नेता मोहन सुनारको मोवल पसल रहेको घरपनि उपयोग गरिने भएको छ ।

आगामी अशोज ९ गतेका दिन नगरहरुको नेतृत्व चुन्न निर्वाचन हुँदैछ । तुलसीपुर नगर सभापतिको लागि हालसम्मको अवस्थामा सुरेश हमाल, अनिल कार्की दूई प्यानलबाट र शोभाकार सापकोटाले स्वतन्त्र रुपमा भएपनि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।

सच्च्याइएको ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *