२०८१ असोज २९ गते मङ्गलवार

कोभिडका बिचमा बाल दिवस

दिप्तीशिखा चौधरी,दंगीशरण,भदौ ३० । सामान्य अवस्था वा कोभिड माहामारी,बाल अधिकार संरक्षणमा हामी सबै जिम्मेवार भन्ने मुल नाराका साथ आज दंगीशरण र शान्तीनगर गाउँपालिकाले संयूक्त रुपमा बाल दिवस मनाएको छ ।

बाल दिवसका अवसरमा विविध प्रतीयोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा बक्तृत्वकला प्रतियोगिता, नृत्य प्रतियोगिता र चित्रकला प्रतियोगीताहरु सम्पन्न भएका हुन् ।

“बाल बिबाहबाट पर्ने असरहरु”शिर्षकमा भएको बक्तृत्वकला प्रतियोगितामा शिवशक्ति मा.वि.की छात्रा शर्मीला गीरी प्रथम भएकि थिईन् भने विरेन्द्र मा.वि.की छात्रा नीसा चौधरी द्धितीय स्थान हासील गर्न सफल भएकि थिईन् ।

यस्तै मा.वि.बुटनीयाका सिजन घर्ती मगर तृतीय र जनकल्याण मा.वि.की विनीता वली सान्त्वना भएका थिए । यस्तै चित्रकला प्रतियोगीतामा जनता मा.वि. वुटनीयाकी छात्रा स्मृती चौधरी प्रथम भएकि थिईन भने शिवशक्ति मा.वि.करीणा डांगी द्धितीय भएकि थिईन । मा.वि.प्रसडुवाका उमेश वि.क तृतीय र विरेन्द्र मा.वी.सीपा चौधरी सान्त्वना भएका थिए ।

यसैगरी नृत्य प्रतियोगिता अन्तरगत लक्ष्मी नारायण आ.वि.की छात्रा मुना पुन प्रथम, किशोरी संजालकी सदस्य करुणा न्यौपाने द्धितीय भएकि थिईन भने आ.वि. पदमपुर कि छात्रा अपेक्षा चौधरी तृतीय र जनता मा.वि.वुटनीयाकि वर्षा नेपाली सान्त्वना भएका थिए । प्रतियोगितामा विजयी सबैलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्ने बक्ताहरुले बालबालीकाहरुको सर्वांगिन विकासका लागि प्रतियोगितात्मक कार्यक्रम गरिनु उपलब्धिमुलक रहेको बताए ।

दुई गाउँपालिकाका विधालयहरुहरुको बालबलीका बिच मित्रता हुनुका साथै प्रतिस्पर्धात्मक तरीकाले प्रतियोगिता कार्यक्रम गराउँदा उनीहरुको मनोसामाजिक विकास भएको उनीहरुको ठहर थियो । सिकाई आदान प्रदान देखी लीएर सामाजीक सदभाव कायम भएको भन्दै आगामि दिनमा यस्ता खाले उपलब्धिमुलक कार्य गर्न आवश्यक रहेको बक्ताहरुले जोड दिए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, शान्तीनगर वडा न. ४ का वडा अध्यक्ष धन बहादुर के.सी., दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारी, सिडका भागिराम चौधरी लगाएतले बोलेका थिए ।

सिडका अध्यक्ष राममोती चौधरीको अध्यक्षता एंव दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको प्रमुख आतीत्यतामा कार्यृक्रम सम्पन्न भएको हो । समाजमा वातावरणिय शिक्षाको विकास सिडको आयोजना , आई.एम नेपालको सहयोग र दंगीशरण , शान्तीनगर गाउँपालिका र गाउँपालिका स्तरीय युवा संजालको समन्वय सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा दंगीशरण र शान्तीनगर गाउँपालिकाका जनप्रतीनिधि, दंगीशरण र शान्तीनगर गाउँपालिकाका महिला बालबालीका शाखाका कर्मचारी,अभिभावक र बिधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण सिडका कार्यक्रम संयोजक सिता विष्टले गरेकि थिईन ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *