२०८१ असोज २९ गते मङ्गलवार

कांग्रेसले थप नौ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो

काठमाण्डौ,भदौ ३० । नेपाली कांग्रेसले थप नौ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।

क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा, कपिलवस्तु र कैलालीको विवाद टुंग्याएको हो ।

निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै सार्वजनिक गर्ने वा सबै जिल्लाको विवाद मिलेपछि एकै पटक सार्वजनिक गर्ने भन्ने बारे अहिले छलफल भइरहेको छ ।

विवाद देखिएका बाँकी ११ जिल्लामा पनि छिट्टै क्रियाशील सदस्यता टुङ्ग्याइने कार्यदलले जनाएको छ ।

कांग्रेसको अहिलेसम्म डडेल्धुरासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै अस्वीकार गर्ने बताएको छ ।

पौडेल पक्षले क्रियाशील सदस्यतामा पार्टी नेतृत्वले अनियमितता गरेकोसमेत आरोप लगाउँदै आएको छ । कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुनेछ ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *