२०८१ असोज २९ गते मङ्गलवार

हवाहुरीबाट भट्टेमा ४० लाख बराबरको टमाटर खेतिमा क्षति

मेयर पाण्डेले गरे निरिक्षण

तुलसीपुर, भदौ, ३० । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे बुधबार हावाहुरी प्रभावित किसानको खेत बारीमा पुगेर अनुगमन गरेका छन् ।

मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर –३ भट्टेमा डेढ विगाहा क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु¥याएको खवर सर्वाजनिक भएपछि पाण्डे त्यहाँ पुगेका हुन ।

तुलसीपुर ३ का वडाध्यक्ष विजय विकसहित पुगेका पाण्डेले कृषि प्राविधिकलाई क्षेतिको एकिन मुल्याङ्कन गरि राहतका लागि प्रकृया अघि बढाउने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगर पालिकाको सहयोगमा गत चैत्र महिनादेखि त्यहाँ २५ जना किसानले व्यवसायीक तरकारी खेति गर्दै आएका छन् ।

जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतिमा हावाहुरीले ४० लाख बढीको क्षेति पु¥याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *