काठमाण्डौ,भदौ ३० । आज ठूलो पानी नपर्ने मौसम विभागको अनुमान छ । देशका धेरै ठाउँमा गएराति पनि पानी परेको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार भारतको उत्तर प्रदेशमा बनेको निम्न चापीय प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।
धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि आज ठूलो पानी भने नपर्ने उनले जानकारी दिए ।
आज देशका धेरैजसो ठाउँको मौसम सामान्यतया बद्ली रहने मौसमविद् बासीले बताए । उनका अनुसार दिउँसो केहीबेर मौसम खुले पनि फेरि बद्ली हुने सम्भावना छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार