तुलसीपुर,भदौ ३० । मंगलवार ५७ औँ राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको छ ।
दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बालबालिकाहरुले कोभिड–१९ महामारीको अवस्थामा स्थानीय सरकारले बालबालिकाको अधिकार प्रति चासो नदिएको गुनासो गरे ।
उनीहरुले बालबालिका भोलिका राष्ट्र निर्माता भएको बताउंदै बालबालिकाको अधिकारका लागि सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै दाङ भ्याली बोडिङ् स्कुलका रमेश चौधरीले अझै पनि बालबालिकाहरुले आफ्नो हक र अधिकारको बारेमा नबुझ्दा श्रम–शोषणबाट मुक्त हुन नसकेको बताए ।
अझै पनि कयौ बालबालिकाहरु आफ्नो अधिकार पाउनबाट बञ्चित छन,उनले भने,अब बालबालिकाको संरक्षण र वृद्धि विकासमा सबै निकायले ध्यान दिन जरुरी छ । लिटिल हेभवका दिपक भुसालले आजका बालबालिका भोलीका देशका मेरुद्धण्ड भएको भन्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न राज्य गम्भिर बन्नुपर्ने बताए ।
गुरुजजुर मावीकी सिमरन ढकालले पछिल्लो समय यौनजन्य क्रियाकलापमा बालबालिकाहरु सलग्न हुने क्रम बढ्दै गइरहेको बताउँदै यी समस्यालाई समाधान गर्न घर परिवारको भुमिका महत्वपुर्ण हुने बताइ । मावी कालाखोलाकी पुष्पा जैसीले बालबालिका समृद्धीको आधार भएको बताइन ।
उनले पछिल्लो समय विश्व कोरोना महामारीले गर्दा धेरै बालबालिकाहरु प्रभावित बनेको भन्दै उनीहरुको संरक्षणमा अभिभाबकले विषेश ध्यान दिनुपर्ने बताइन । हिमाल एकाडेमीकी झरना बुढाले बालबालिकाको शिक्षा,स्वास्थ्य र संरक्षणमा स्थानीय सरकारले बनेका ऐन,कानुनलाई कार्यान्वयमा ल्याउन जरुरी रहेको बताइन ।
नगरस्तरीय बाल सञ्जालका अध्यक्ष एव बाल अधिकारकर्मी,वडा नं ६ का अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बालअधिकार मावन अधिकारको एक अगं भएको बताए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि संघिय,प्रदेश र स्थानीय सरकारबाट निरन्तर रुपमा लागिपरेको बताए ।
उनले बालअधिकारको सन्द्धर्भमा तुलसीपुर उपमहानगरपालिकाले बालबालिका सम्बन्धी छुट्ै निति,कानुन र रणनितिहरु बनाएर कार्यक्रमहरु गरिरहेको बताए ।
बालबालिकाहरु जन्मीसकेपछि मात्र होइन,गर्वअवस्थामा पनि स्वस्थ रुपमा हुर्कनुपर्छ,उनले भने,बच्चा गर्व रहदाँ देखि नै उसले उचित पालन,पोषण,स्नेह आमाको कोखबाट पाउछ,त्यो बच्चा जन्मेपछि पनि स्वस्थ रहन्छ ।
उनले तुलसीपुर उपमहानगरपालिकालाई नेपालको ७ सय ५३ वटा स्थानीय सरकार मध्येमा शतप्रतिशत आमाहरु सुरक्षीत भएको उपमहानगरका रुपमा विकास गरेको बताए । साथै उनले बाल हित र सुरक्षाका निम्ती सुनौला हजार दिनसम्म बालबालिकाको बिशेष ध्यान दिनुपर्ने समेत बताए ।
कार्यक्रममा उपप्रमुख माया आचार्यले बालबालिकाहरुको समस्या प्रति उपमहानगरपालिका तदारुक्ताका साथ लागी परेको बताइन । उनले नगरमा बाल मैत्रि स्थानिय शासन संरक्षणकालागी आगामी दिनमा सर्बपक्षबाट क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरिन ।
महिला बालकालिका तथा सामाजिक विकाश शाखाका प्रमुख विष्णु आचार्यले बनेका ऐन तथा कानूनमा बालबालिकाका अधिकारहरुलाई प्राथमिकता दिदै आएको बताइन । महिला अधिकारकर्मी एवं संवाद समुह दाङका सहजकर्ता सुस्मा गिरीले जबसम्म बालबालिकाको चौतफी विकास हुदैन तबसम्म घरपरिवार,समाज राष्ट्रको विकास सम्भव नरहेको औल्याइन ।
बालबालिकाको अधिकारका लागि अहिले सम्म थुपै्र निति नियमहरु बनेका छन,उनले भनिन,तर कार्यान्वयको पाटो अत्यन्तै न्युन छ,अब बालबालिकाको अधिकारका लागि सबैले हातेमालो गर्दै अगाडी बढ्न जरुरी छ ।
उनले बनेका निति नियमलाई कार्यान्वयन गर्न घरदेखि नै सुरु गनुपर्ने पनि बताइन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष धनश्याम गौतम,इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल,मानव अधिकार समुह तुलसीपुरका अध्यक्ष हुमकान्त कंडेल, पत्रकार महासघं दाङका सदस्य उमा भण्डारी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दाङका संयोजक रुपलाल चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
दिवसका अवसरमा १२ जना बालबालिकाहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
नगरस्तरीय बाल अधिकार सञ्जालका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले गरेकी थिइन ।