२०७८ असोज ८ गते शुक्रवार

माधव नेपालले पदका लागि पतनको बाटो रोजे : ओली

झापा,भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधिनता रक्षा गर्न एमालेलाई जिताउन आह्वान गरेका छन् ।

म‌ंगलबार झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए । फरक प्रसंगमा नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाए।

उनले भने,ु उहाँ कमरेड माधवकुमार नेपाल होइन । एमाले विरोधी जनविरोधी माधव नेपाल हो ।’ उनले माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई नअलमलीन आग्रह गरे ।

उनले भने, ुप्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् ।’

उनले पार्टी पदका लागि मरिहत्ते गर्न नहुने बताए ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *