२०८१ असोज २९ गते मङ्गलवार

सरकार ‘खर्च गर्न नपाउने’ अवस्थामा, समस्या नहुने अर्थ मन्त्रीको भनाइ

काठमाण्डौ,भदौ २९ । संसदमा पेस भएको गरेको प्रतिस्थापन विधेयक पारित नभएपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कानुनअनुसार भोलि बुधवारसम्म सरकारले प्रतिस्थापन विधेयक पास गर्नुपर्नेमा संसद् असोज ४ गतेसम्मका लागि स्थगित भएपछि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो ।

सरकारले संसद् विघटन गरेपछि गएको जेठ १५ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याएका थिए । संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्नेमा अर्थ मन्त्री जनार्दन शर्माले यही भदौको २५ गते प्रतिस्थापन विधेयक पेस गरेका थिए ।

विधेयक आज पास गर्नुपर्नेमा एमालेका सांसदले नाराबाजी गरेपछि संसद् बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । अब सरकार कानुनी हिसाबले खर्च गर्न नपाउने स्थितिमा पुगेको छ ।

यसैबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा पाँचरसात दिन सरकारी खर्च रोकिन सक्ने बताए । अर्थ मन्त्री शर्माले केही दिन सरकारी खर्च रोकिन सक्ने र यसले खासै फरक नपर्ने बताए ।

आफूले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको बताउँदै अर्थ मन्त्री शर्माले पेस्की बजेट पनि नल्याउने र अध्यादेशबाट पनि नभइ नियमित प्रक्रियाबाट यसलाई पारित गरिने बताए ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *