२०८१ असोज २४ गते बिहिवार

राप्ती गाउँपालिकामा माविस्तरिय बक्तृत्वकला प्रतियोगिता

तिर्थराज ज्ञवाली, देउखुरी, भदौ २९ । ५७ औ राष्ट्रिय बाल दिवशको अवसरमा राप्ती गाँउपालिकामा माध्यामिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगीताको भएको छ ।

‘सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगीतामा शंकर माध्यामिक विद्यालय पिपरीका रमेश सुन्दास प्रथम, आदर्श नमुना माध्यामिक विद्यालय लालमटियाका निरज केसी द्धितिय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङका प्रदीप घर्तीले तृतिय स्थान हासिल गरेका थिए ।

विजयी छात्र छात्रालाई बाल दिवशको अवसरमा पुरस्कार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

दश जना प्रतियोगितामा सहभागी थिए ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

अध्यक्ष सुवेदीले संविधानले विभिन्न खालका दैविप्रकोप, महामारीमा बालबालिकाको सुरक्षाको लागि स्थानीय सरकारले सहयोग गर्दै आएको बताए ।

सरकारले विपदमा आईपर्ने जोखीमबाट बालबालिकालाई सोचेजति सुरक्षित गर्ने कार्यको उपलब्धि हासिल गर्न कार्ययोजना बनाएर काम गर्दै आएको सुबेदीले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले मनतब्य ब्यक्त गरेका थिए ।

बालबालिकाको क्षमता अभिबृद्धि, बाल सहभागिता,बाल संरक्षण तथा बाल विकासका लागि गाउँपालिका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवश मनाइएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *