२०७७ मङ्सिर १० गते बुधवार

मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ राष्ट्रिय सभाको प्रथम दाङ जिल्ला प्रशिक्षण

तुलसीपुर, १५ पुस ।
मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरूङ राष्ट्रिय सभाको आयोजनामा तुलसीपुरमा प्रथम दाङ जिल्ला प्रशिक्षण तथा चियापान कार्यक्रम भएको छ । सम्पूर्ण मंगोलहरू एकवद्ध भई आफ्नो पहिचान र अस्तित्वको संरक्षण गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको हो । बच्चु कैलाशको अध्यक्षता तथा मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरूङ राष्ट्रिय सभाका मूल सचिव नरबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरूङ राष्ट्रिय सभाका केन्द्रीय सदस्य नरेन्द्र थुलुङले प्रशिक्षण दिएका थिए ।

नेपालमा मंगोलियनहरू नै मूलबासी भएको र ८० प्रतिशत जनसंख्या मंगोलहरू भएपनि उनीहरू जातिय विभेदमा परेको र राज्यबाट ठगिएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि नरबहादुर दर्लामीले आदिवासी भनेको बसाइ सर्ने र जनजाति भनेको घुमन्ते फिरन्ते भन्ने अर्थ लगाउँदै सरकारले आदिवासी जनजातिको नाममा केही आरक्षण कोटाहरू छुट्याउँदैमा मंगोलियनहरू मख्ख परेर नबस्ने बताए ।

त्यस्तै सोही कार्यक्रम्मा विमला पुन मगरलाई प्रदेश नम्बर ५ को संयोजकमा मनोनित गरिएको छ भने धनराज स्वर्णकारको संयोजकत्वमा १५ सदस्यीय दाङ जिल्ला तदर्थ समिति पनि गठन गरेको छ । विपना पुन मगरको स्वागत मन्तव्य तथा ममता घर्ती मगर र निता पुन मगरको स्वागत गीतबाट कार्यक्रम शुरू भएको थियो । कार्यक्रममा केन्द्रीय सभा सचिव लोक मोक्तान तामाङ, सदस्य तुलवीर दर्लामी मगर, जगत ठाडामगर, सञ्चार विभाग संयोजक जीवन मंगोल, पाल्पा जिल्ला युवा सभा अध्यक्ष विमल राना मगरले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पाल्पा जिल्ला युवा सभा सचिव प्रकाश पल्ली मगरले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *