२०८१ चैत्र ३ गते आइतवार

एकै परिवारका ६ जनाको हत्या आशंकामा एक युवक पक्राउ

दाङ, भदौ २६ । संखुवासभा एकै परिवारका ६ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी नगरपालिका वडा नं. १ उम्लिङका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ५८ वर्षीया श्रीमती मनमाया, उनकी ८४ वर्षीया आमा पार्वता, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्याको भएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका ब्यक्ति लोकबहादुर तेजबहादुरका नाताले भतिजा पर्छन ।

लोकबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार लोकबहादुरको घर नजिकै बाट सामुहिक हत्यामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएपछि आशंका लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिएको छ । लोकबहादुरको घर घटनास्थलदेखि करिब डेढ सय मिटर मात्रै टाढा छ ।
लोकबहादुर केही समय पहिले मात्रै वैदेशिक रोजगारीबाट घर आएका ब्यक्ति हुन ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले पक्राउ परेका ब्यक्तिमाथि थप अनुसान्धान जारी रहेको र आइतबार पत्रकार सम्मेलन गरि तथ्य कुरा सार्वजनिक गरिने जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *