२०८० चैत्र १६ गते शुक्रवार

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’ – नेता रायमाझी

इलाम, पुस १५ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन ।

पत्रकार सम्मेलनमा उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याए। “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उनले भने।

नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गरे । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गरे ।

पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उनले जानकारी दिए । उनले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन आग्रह समेत गरे।

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *