तुलसीपुर, भदौ २३ । ‘दूई जना हाल कार्यरत शिक्षक र एक जना नेसंविका कर्मचारीसंग अपवित्र गठजोड गरी मेरो राजनीतिक यात्रा रोक्न सफल इकाइ सभापति लालबहादुर गिरीलाई हार्दिक शुभकामना।’
नेपाली काँग्रेसका नेता कुमुदकुमार शर्माको स्ट्याटस हो, यो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी शर्मा पार्टीको १४औं महाधिबेशनका क्रममा वडाबाट क्षेत्रीय प्रतिनिधिका एकजना उम्मेदवार थिए । नेतृत्व चुन्न निर्वाचन भयो ।
दूई दशक भन्दा बढी समयदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि चुनिदै आएका कांग्रेसका पूर्व जिल्ला सचिव शर्मा यसपटक क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुन सकेनन् ।
पराजय भोगेपछि उनले लेखेको स्ट्याटसले राजनीतिक बृत्तमा निकै चर्चा पायो ।
कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोविन्द रेग्मी यसैपाली लमही नगरपालिका वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भए । योगदानका हिसावले उनी यो महाधिवेशनमा निर्वाचित हुनु पर्दथ्यो ।
उमेरका हिसावले पनि रेग्मी राजनीतिक रिटायर्ड लाइफको अवस्थामा छैनन् । तर, उनले हार बेहोर्नु प¥यो ।
महाधिवेशन प्रतिनिधि तथा यस अघिका पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालीसकेका मदन रसिक पनि क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ४ बाट उनी उम्मेदवार बनेका थिए ।
जनआन्दोलन २०६२÷०६३का जिउँदो सहिदका रुपमा चिनिने कृष्ण गिरीपनि निर्वाचित हुन सकेनन् ।
शान्तिपूर्ण जनआन्दोलनका क्रममा उनलाई तत्कालिन शाही सेनाले घोराहीको शहिद चोक नजिकै गोली हानेको थियो । त्यसै कारण आज उनी ह्विल चियरमा छन् ।
कांग्रेस महासमिति सदस्य टेकबहादुर डाँगी घोराही उपमहानगरपालिका वडा नं. ११ मा पराजित भए ।
घोराही उपमहानगरपालिका वडा नं.५ धर्नाका क्रियाशिल सदस्यहरुले गिरीको योगदानमा अहिलेका लागि पूर्णबिराम लगाइ दिए । गिरी कांग्रेस दाङको पूर्व जिल्ला सदस्य पनि हुन ।
घोराही उपमहानगरपालिका वडा नं. ५ मै दलित नेता खड्कबहादुर विश्वकर्माले पराजय व्यहोर्नु प¥यो । नेपाल दलित संघका केन्द्रीयय उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका नेता विश्वकर्मालाई उनको कर्मथलो धर्नाका क्रियाशिल सदस्यहरुले विश्वासको मत दिएनन् ।
धर्नाकै महिला नेतृ लोका विक पनि पराजित भइन । जो जिल्ला समन्वय समिति दाङकी सदस्य पनि हुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा काँग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतपनि पराजित भए । सुरुमा गणना गर्दा धुर्ब आचार्य संग बराबर मत थियो ।
गोलापर्थाबाट नेतृत्व चयन गर्ने कुरा चल्दा कुरा मिलेन । फेरि मत गणना गर्दा आचार्यको २२० र बस्नेतको २१९ मत मात्रै पुग्यो । बस्नेत एक मतले हार व्यहोर्न विवश भए ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीप्रसाद शर्मा लमही नगरपालिका वडा नं. १ बाट पराजित भए ।
माथि उल्लेखित नेताहरु केही प्रतिनिधि पात्र मात्रै हुन । अन्य धेरै स्थापित र पुराना नेताहरु वडाबाटै पछारिएका छन् ।
यद्यपी तुलसीपुर ५ बाट चुनाब लडेका काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व माननिय गेहेन्द्र गिरीले भने क्षेत्रीय प्रतिनिधिमा बाजी मारेका छन् ।
निर्वाचनका परीनामहरुलाई लिएर काँग्रेस भित्रै टिके पर्था समाप्त भएको तथा लोकतान्त्रिक अभ्यासको थालनी वडाबाटै सुरु भएको तर्क गर्नेहरु पनि धेरै छन् ।
तर, अहिलेको अभ्यासमा पनि केही बिकृति र विसंगतिहरु देखिएको कांग्रेस अगुवा नेताहरुको तर्क छ ।
क्रियाशिल सदस्यता बितरणदेखि नै व्यक्ति हावी हुने प्रबृत्तिका कारण स्थापित र पार्टीमा लामो समयदेखि योगदान गरेका नेताहरु समेत गुमाउनु परेको एक जना जिल्ला नेताले बताए ।
‘यो कांग्रेसको संस्थापन र इतर पक्षको लडाइका कारण भएको होइन, व्यक्तिवादी राजनीति हावी हुंदा आउनुपर्ने केही नेताहरु हार बेहोर्न बाध्य भए,’ नेता सुरेन्द्र खड्काले भने ।
अर्का नेता यज्ञनारायण आचार्यले पनि अहिलेको परीनामलाई विकृत राजनीति र अन्तरद्धन्दको परीणामको संज्ञा दिए ।
पार्टीमा क्रियाशिल सदस्यतानै अन्धाधुन्ध तरीकाले वितरण गरिनुले पनि परीणाम सोचेभन्दा फरक आएको आचार्यले बताए ।
अहिलेको परीनामले आउने आम निर्वाचनलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने खतरा औंल्याउँदै अचार्यले नेतृत्ववर्ग विशेष गम्भीर बन्न जरुरी रहेको बताए ।
कांग्रेस केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई क्रियाशिल सदस्यता वितरणमा संलग्न नगराउने व्यवस्था गरेका कारणपनि क्षेत्रीय सभापति र स्थानीय तहका इकाई सभापतिको मनोमानीमा सदस्यता वितरण गर्नुको परीनाम आएको उनले तर्क गरे ।
अब क्रियाशिल सदस्यता वितरण प्रकृयालाई पारदर्सी र न्यायसम्मत बनाउन आवश्यक रहेको आचार्यको भनाई छ ।
कांग्रेसको संशोधित विधानले महाधिवेशनमा स्थानीय पालिकादेखि प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि कांग्रेस केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा तथा संविधानसभाका निर्वाचित, पराजित तथा वन्द सूचिका नेताहरु, क्षेत्रीय सभापतिहरु र जिल्ला सभापतिलाई पार्टीको कुनैपनि माथिल्लो तहमा पुग्नका लागि तल्लो बुथबाट निर्वाचित हुनु नपर्ने ब्यबस्था गरेको छ ।
त्यही भएर केन्द्रीय सदस्यहरु दिपक गिरी, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, शिला खड्का, आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर गिरी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, सांसदहरु तथा त्यसका प्रत्यासी शुशिला चौधरी, जानकीलाल बस्नेत, प्रदिप थापा, अर्जुन कुमार श्रेष्ठ, भरत न्यौपाने, अनिता देवकोटा, राजु खनाल, विमला नेपाली, बुद्धिराम भण्डारी, शंकर गिरी, केशव आचार्य, डिल्लीबहादुर चौधरी, महादेव शाह ९बन्द सुची० क्षेत्रीय सभापतिहरु भेषराज पाण्डे, भुपबहादुर डाँगी र जगतबहादुर खड्काले यो महाधिबेशनमा तल्लो तहबाट चुनाबमा भिड्नु परेन ।