२०८१ चैत्र ३ गते आइतवार

‘शिक्षा,स्वास्थ्य, खाद्य र आवासमा सुधारको खाँचो’

तुलसीपुर,भदौ २३ । शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान गरि सुधार ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन ।

मानव अधिकार समुह तुलसीपुरको आयोजना तथा इन्सेक दाङको सहकार्यमा तुलसीपुरमा भएको समस्या पहिचान तथा सरोकारवाला पहिचान र कार्ययोजना निमार्ण कार्यक्रममा बोल्ने सरोकारवालाहरुले कोभिड–१९ का कारण शिक्षा,स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा पारेको असरहरुको विश्लेषण गर्दै सुधारको खाँचो रहेको औल्याए ।

मानवअधिकार समूह बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले कोभिड–१९ का कारण बढी प्रभावित भएको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउनुपर्ने बताए ।

अधिकांश सामुदायीक विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन नगरेको र केहीले सञ्चालन गरेता पनि उक्त क्षेत्रमा रहेको विद्यार्थीलाई वितरण गरिएको सिमकार्ड सञ्चालनमा नआउँदा दुर्गम क्षेत्रका विद्यार्थीहरु इन्टरनेटको पहुँचबाट बञ्चित भएको बताए ।

कार्यक्रममा कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य,खाद्य र अवासको अधिकारका सवालमा पारेको असरहरुको छलफल गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै कोभिड–१९ बिरुद्धको खोप सर्वसाधारणका लागि सहज रुपमा उपलब्ध गराउनुपर्ने, खाद्य बस्तुको पहिचान गर्नुपर्ने,आवास नपाएका व्यक्तीहरुको पहिचान गरि टिन दिन पहल गर्नुपर्ने बताइएको छ ।

मानव अधिकार समुह तुलसीपुरका अध्यक्ष हुमाकान्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका निमित्त प्रमुख धनराज गौतमले समस्यालाई पहिचान मात्र गरेर नहुने बताउँदै समाभान तर्फ ध्यान दिनुपर्ने बताए ।

महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत मार्या श्रेष्ठले कोभिड–१९ को कारण सुस्केरी महिला,बालबालिका,अपागंता,जेष्ठ नागरिकहरु बढी प्रभावित बनेको बताइन ।

सो अवसरमा शिक्षा महाशाखाका मानबाहदुर खड्का,बस्ती विकास तथा पुर्वाधार शाखाका अखिल पोख्रेल,उपभोक्ता हित संरक्षण शाखाका रेखा शर्मा लगाएतले सबै समस्यलाई समाधान गर्न सरोकारवालाहरु एक हुनुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण इन्सेक दाङका सहजकर्ता बिनोद केसीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *