२०८२ कार्तिक २४ गते सोमवार

व्यवसायीक सचेतना जारी

दाङ,भदौ १६ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना जारी राखेको छ ।

संघले व्यवसाय गर्दा आइ पर्ने समस्या, कर , हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाढि वढने लगाएतका विषयमा जानकारी दिइने गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए ।

व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ ।

यसले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ । यसरी पसल पसल सम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने उनको भनाइ रहेको छ ।

अहिले कोभिडको कारण व्यवसायीहरुलाई कोभिड सङक्रमण हुन वाट आफु पनि वचन र अरुलाई पनि वचाउन स्वास्थ्य मापदण्ड अनिवार्य पुपमा पालना गरेर व्यवसाय गर्न समेत आग्रह गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

लकडाउन मात्र हटेको कोभिडको जोखिम कायम नै रहेकोले सचेतन बन्न समेत गराउने गरिएको छ ।

यस प्रकारको अभियानलाइ निरन्तरता दिइने समेत उनको भनाइ रहेको छ । बजारी क्षेत्रका साथै ग्रामिण स्तर सम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *