२०८१ असार ६ गते बुधवार

उपचारपछि नयाँदिल्लीबाट फर्किए नेता खनाल

काठमाडौं, भदौ १५ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन्।

भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाए।

उनले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने जनाए। सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उनको भनाइ छ।

नेता खनालको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे पुस्ट्याइँ दिएका थिए। निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *