बुटवल,भदौ १४ । पहिरोका कारण अवरुद्ध भएको बुटवल–तानसेन सडकखण्ड अझै खुल्न सकेको छैन।
सो सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो हटाउन नसक्दा सडक हिजो आइतबारदेखि अवरुद्ध छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार निरन्तर वर्षा भइरहेकाले सडकमा खसेको पहिरो हटाउन सकिएको छैन।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेका अनुसार अहिले बुटवल–तानसेन सडकमा गाडी चलेका छैनन्।
यस्तै देवदहको पूल भासिएपछि बुटवल–भुमही सडक खण्ड पनि अवरुद्ध छ। दाउन्नेनजिकैको थुम्सीको पहिरोका कारण सो क्षेत्रमा पनि गाडी चलेका छैनन्।
प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार