२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुर १७ वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण

तुलसीपुर,भदौ १३ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं.१७ को कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन ।

त्यसक्रममा पाण्डेले वडाबासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्न सहज होस भनेर एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

‘समयमै उपचार नपाउँदा अकालमा कसैको पनि ज्यान नजावस भन्ने उद्देश्यले वडालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो,’ मेयर पाण्डेले भने ‘बिरामी, घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका सबैले सहयोग गर्नुपर्छ ।’

एम्बुलेन्सबाट सुत्केरी, बालबालिका, जेष्ठ नागरिक र विपन्नलार्ई निशुल्क सेवा दिने वडाले लक्ष्य राखेको छ ।

हालसम्म उपमहागनरपालिकाले वडा नं।१७, १९,१३ र १, नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेको बताएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *