पाल्पा,भदौ १३ । अविरल बर्षाका कारण घर भत्किँदा पाल्पाको तान्सेनमा एक बालिकाको मृत्यु भएको छ ।
तान्सेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो।
आफ्नै घरमा सुतिरहेको अवस्थामा शनिवार विहान साढे २ बजे कच्ची घरको पछाडीको गाह्रो भत्किँदा उनी च्यापिएकी थिइन।
उपचारको लागि मिसन अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार