२०८२ कार्तिक २१ गते शुक्रवार

गुटगट स्वार्थ त्योगेर सक्षम नेतेत्व चुन्नुहोस ः काँग्रेस महामन्त्री कोईराला

घोराही, भदौ १२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको महाधिवेशनमा सक्षम नेतृत्व चुन्नका लागि गुटगत स्वार्थ त्यागेर जुट्न नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

नेपाली कांग्रेस दाङले शनिवार घोराही–२ की स्वर्गीय यवादेवी घिमिरेको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जलीसभालाई सम्वोधन गर्दै महामन्त्री कोइरालाले भदौं १८ गतेदेखि सुरु हुने महाधिवेशनलाई सक्षम नेतृत्व चयन गर्ने उत्सव भएको हुँदा सबैले सक्षम नेतृत्व चुन्नका लागि स्वार्थ भन्दा माथि उठ्न आग्रह गरेका हुन ।

पार्टीमा देखिएको गुटवन्दी त्यागेर बलियो कांग्रेस निर्माणमा लागन उनले आह्वान गरे ।

कांग्रेसको १४ महाधिवेशन भदौ १८ गतेदेखि सुरु हुने र मंसिरमा अन्त्य हुने हुँदा सबैले सक्षम नेतृत्व चयनका लागि भूमिका खेल्नु पर्ने उनले बताए ।

कोइरालाले आशन्न महाधिबेशन बाट गुटबन्दी समाप्त पार्न आग्रह गरे ।

गुटबन्दीका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको भन्दै महामन्त्री कोइरालाले आगामी निर्वाचनमा गुटगत राजनीति छोड्नुपर्ने बताए ।

अहिले कांग्रेसलाई ठूलो अवसर रहेको भन्दै उनले कांग्रेस मंसिर पछिको बिपक्षी संगको चुनावमा एकजुट हुनु आवश्यक रहेको बताए ।

सहमहामन्त्री डा.प्रकाशशरण महतले तोकिएकै समयमा महाधिबेशन हुनेमा कुनै आशंका नगर्न आग्रह गरे ।
महाधिवेशनका लागि देखिएको विवाद अहिले समाधान भइसकेको भन्दै सहमहामन्त्री महतले अव निर्धारित समयमै महाधिवेशन हुने उनले बताए ।

उनले ४८ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिकसँगै निर्वाचन अधिकृत समेत तोकिरहेको भन्दै बाँकी रहेका जिल्लाहरुको आइतवारसम्म सार्वजनिक हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दीपक गिरीले कांग्रेसलाई राम्रो र सशक्त पार्टी बनाउन आउने निर्वाचनमा स्वास्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले कांग्रेसको हारले जनताले धेरै दुःख पाएको भन्दै त्यो दुःख सम्झेर अब कांग्रेसलाई सबैको पार्टी बनाउने गरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री सञ्जय गौतमले पार्टी निर्माण सबै मिल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जनताको लागि कांग्रेसले थालेको आन्दोलनमा स्वर्गीय यवादेवी घिमिरेको ठुलो योगदान रहेको भन्दै त्यो योगदानलाई भुल्न नसक्ने बताएका थिए ।

बक्ताहले काग्रेसलाई सफल र सशक्त पार्टी बनाउनका लागि नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनतको लागि लाग्नुपर्ने बताए ।

श्रद्धाञ्जलीसभालाई संविधान सभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीले कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष साबित्रा राना,महासमिति सदस्य केशव आचार्य,कांग्रेसका महाधिवेशन प्रतिनिधि भारतबहादुर न्यैपाने,नेपाली कांग्रेस क्षेत्र २ का सभापति भुपबहादुर डागी, क्षेत्र ३ का सभापति जगत खड्का,नेपाली कांग्रेस क्षेत्र २ क का सभापति गिरिराज सुबेदीलगायतले बोलेका थिए ।

नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गरेका हुन ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *