२०८१ फाल्गुन ६ गते मङ्गलवार

नेविसंघ दाङमा अधिवेशन तोकिएको समयमा किन भएन

दाङ, पुस ११ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन दाङमा पूर्व निर्धारित मितिमा हुन सकेन । केन्द्रीय निर्देशन अनुसार पुस १४ र १५ गते जिल्ला अधिवेशन गर्ने भन्ने थियो । त्यसका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराईलाई अधिवेशन बनाउने जिम्मेवारी तोकिएको थियो । उनी यो बीचमा दाङमा आएर पनि फर्किएका छन् ।

पूर्व निर्धारित समयमा अधिवेशन हुन नसकेता पनि निकट भविस्यमै अधिवेशन हुने कुरा भने नकार्न नमिल्ने एकजना आकांक्षीले बताए । एकजना विद्यार्थी नेताले पुस २५÷२६ गतेसम्म स्थानीय तहरुमा अधिवेशन सकिने र त्यसपछि लगतै जिल्ला अधिवेशन हुने आंकलन गरे ।
त्यसैले नेतृत्व हत्याउन चाहानेहरु यो बीचमा निकै दौडधुप गरिरहेका छन् । विद्यालय र क्याम्पसहरुमा ईकाइ गठन गर्न उनीहरुलाई भ्याइ नभ्याई भएको छ । झन्डै आधा दर्जन जति आकांक्षी रहेको हुँदा उनीहरुको बीचमा तीव्र दौडधुप चलिरहेको छ ।

‘अझैंसम्म पनि जिल्लाका दश स्थानीय तह कतैपनि अधिवेशन भएको छैन,त्यसैले पूर्व निर्धारित मितिमा अधिवेशन हुन नसकेको हो,’ एकजना आकांक्षीले फरक कोण संग भने ‘ तर अव निकट भविस्यमै जिल्ला अधिवेशन हुने पक्का छ र म त्यसैको तयारीमा होमिएको छु ।’ जिल्लामा हाल ५ जना आकांक्षी देखिएका छन् । तुलसीपुर क्षत्रका तीन जना र घोराही क्षेत्रबाट २ जना नेविसंघको जिल्ला अध्यक्षको तयारीमा लागेको चर्चा चल्दै आएको छ ।

नेपाली काँग्रेसको नर्सरी मानिने नेविसंघमा पछिल्लो समय ३२ बर्षीय उमेरहदवन्दी लागु भएपछि यसअघि झैं धेरै जना नेतृत्वको दौडमा सामेल हुन पाउने अवस्था छैन ।

तुलसीपुर क्षेत्रवाट नेविसंघका जिल्ला सदस्य घनश्याम भण्डारी, जिल्ला सह–सचिव जितेन्द्रप्रकाश वली र जिल्ला कोषाध्यक्ष अरुण लहरे जिल्ला अध्यक्ष पदको लागि आफुलाई उम्मेदवार भन्दै प्रचार प्रशारमा लागि परेका छन् ।

त्यस्तै घोराही क्षेत्रका महेन्द्र बहुमुखी क्याम्पस नेविसंघका ईकाइ सचिव कुलराज पोखरेल र नेविसंघ ३ नं. क्षेत्रका क्षेत्रीय अध्यक्ष तिलक रावतपनि अध्यक्ष पदको लागि आफुलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएको चर्चा परिचर्चा व्याप्त छ ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *