२०८१ चैत्र ९ गते शनिवार

डा. सिंहमाथि भएको घटनाप्रति नेविसंघ तुलसीपुर नगर समितिको घोर भत्सर्ना

तुलसीपुर,भदौ ११। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा.विनोद सिंहमाथि भएको घटना प्रति नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिले घोर भत्सर्ना गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै एमालेको भातृ संगठन अनेराश्ववियुका जिल्ला अध्यक्ष दाबी गर्दै आएका सरजन परियारले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै पुगेर गरेको अभद्र व्यवहारको घोर भत्सर्ना गरेको हो।

विद्यार्थी आन्दोलनका विभिन्न चरणहरुलाई ख्याल नगरी संगठनको दम्ब राखी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पसी स्वास्थ्यकर्मीहरुको हौसला गिराउने गरी भएको घटना निन्दनीय छ,प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा संग्लन अनेरास्वियु दाङका संयोजक परियार सहित संग्लन सम्पूर्णलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिका संयोजक राजीव पाण्डेले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *